कैलालीमा कुलोमा बगेर एक वालक बेपत्ता

Posted on: 15 Jul, 2019

असार ३०, कैलाली | कैलालीको कुलरीया कुलोमा बगेर एक वालक बेपत्ता भएका छन् | 

जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ९ कटासे बस्ने राजकुमार चौधरीका चार बर्षीय छोरा विमल चौधरी कुलोमा बगेर वेपत्ता भएका हुन् |  कुुलरीया कुलोमा आफन्त माछा मारेको हेरीरहेको अवस्थामा चिप्लीएर कुलोमा खसेपछि उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 वेपत्ता वालकको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!