दाङमा कुलोमा डुबेर बालकको मृत्यु

Posted on: 15 Jul, 2019

असार ३०, कुलोमा डुबेर दाङमा एक जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री रहेका छन् ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बबई नदीले बगाउँदा एक बेपत्ता 

बबई नदीले बगाउँदा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी भएका छन् । गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो । बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिनुभयो ।

 विकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको र हिजो मात्र जानकारी गराएको वडा सदस्य विकले बताउनुभयो । स्थानीयवासीको सक्रियतामा खोजी जारी रहे पनि नदीमा पानीको सतह बढेकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!