अछाममा जंगली तरकारी खाँदा दाजु बहिनीको मृत्यु, आमाको अबस्था गम्भीर

Posted on: 15 Jul, 2019

असार ३०, अछाम | अछामको रामारोशन गाँउपालिकामा जंगली तरकारी खाएर दुई जना दाजु बहिनीको मृत्यु भएको छ भने आमाको अबस्था गम्भिर छ | 

रामारोशन गाउँपालिका वडा नम्वर ५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र उनकी बहिनी ५ वर्षीया मनिषाको मृत्यु भएको हो । आमा नरपता बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको  बयालपाटा अस्पतालले थप उपचारका लागि उनलाई अन्यत्र रिफर गरेको छ। 

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!