सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछापमा गर्यो राहत बितरण 

Posted on: 22 Jan, 2016

प्रज्वल पौडेल । माघ ८, रामेछाप । सामुदायिक आत्मनिर्भर केन्द्रले रामेछाप जिल्लाको रामेछाप नगरपालीका बजारस्थित पूरानो गाबिस भवनको प्राङ्गणमा भूकम्प प्रभाबितहरुका लागि शुक्रबार राहत बितरण गरेको छ ।

राहत सामग्री अन्तर्गत सस्थाले एकघर बराबर कम्बल २ थान, त्रिपाल १ थान र डोरी १ थान बितरण गरेको छ । भूकम्प प्रभाबितहरुका लागि राहत बितरण गर्ने कार्यक्रम अन्तर्गत खिम्ती गाबिसमा ११ सय ८३, रामेछाप नगरपालिकामा ३४ सय १६ र मन्थली नगरपालिकाको वडा नम्बर १६ चिसापानीका १ सय परिवार लाई राहत बितरण गर्ने लक्ष्य राखेको उक्त सस्थाले शुक्रबार रामेछाप नगरपालिकाको वडा नम्बर ५ का ४ सय ९८ परिवारलाई राहत बितरण गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!