बैतडीमा आगलागिबाट एक घर जलेर नस्ट, ५ लाख बराबरको क्षेती

Posted on: 16 Jul, 2019

कृष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीको पञ्चेश्वर गाउपालिकामा घरमा आगलागी हुदा घर जलेर नस्ट भएको छ । वडा नं ५ लार्काेटका हजारी चन्दको घरमा सुधारिएको चुलाबाट खाना पकाउदा सल्केर घर जलेर पुर्ण रुपमा नस्ट भएको हो । 

आगलागी हुँदा चन्दको दुई तले कच्ची  जलेर नस्ट भएको र ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

आज मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो । 

मानविय क्षती भने नभएको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरी प्रवक्ता पातलीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!