आजको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on: 17 Jul, 2019

साउन १, काठमाडौँ  | आज देखि मनसुनी  गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापिय रेखा 

नेपालको  दक्षिणतिर अवस्थित भएकाले मनसुन कम सक्रिय भएको हो | 

आज देशको पूर्वी भेगमा सामान्य बदलि रहेको छ भने मध्य र पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहेको छ । अहिले पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ | 

बुधबार दिउँसो देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ | देशको एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना  रहेको महाशाखाको अनुमान छ | राति भने  देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना र देशको एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा  देशको एक दूइ स्थानहरुमा भारी वर्षाको  सम्भावना छ र केहि स्थानहरुमा वर्षा हुने देखिन्छ। 

 यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केहि नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन आग्रह गरेको छ | हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!