रौतहट खोलामा डुबेर एक बालकको मृत्यु

Posted on: 17 Jul, 2019

साउन १, रौतहट | बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाउनुभएको छ । उनको शव परिवारको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!