हत्याका आरोपित अभियुक्त ९ वर्षपछि पक्राउ 

Posted on: 22 Jan, 2016

प्रज्वल पौडेल । माघ ८, रामेछाप । हत्याको आरोप लागेका रामेछापका एक अभियुक्तलाई दोलखा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । दोलखाको काटाकुटी गाविस वडा नम्बर २ का सुर्यबहादुर तामाङको हत्याको आरोप लागेका रामेछापको गोश्वारा गाविस ५ का २८ वर्षिया प्रेमसिंह गोलेलाई ९ वर्षपछि पक्राउ गरेको प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिए ।

घटनापश्चात फरार रहेका गोले वैदेशिक रोजागारीका लागी दुवइ गएर घर फर्केने क्रममा दोलखाबाट खटि गएको प्रहरीटोलीले बिहिबार मुडेबाट पक्राउ गरी आवश्यक कारबाहीका लागी शुक्रबार जिल्ला अदालतमा बुझाएको छ । सुर्य बहादुर तामाङको २०६३ साल साउन २८ गते काटाकुटी गाविस स्थित देउराली भन्ने ठाउको जात्रामा नाच्ने क्रममा खुट्टामा कुल्चिएको निउँमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!