कञ्चनपुरमा रकम भुक्तानी गर्न गएका उपभोक्ता समितिका अध्यक्ष ५ दिनपछि मृत फेला

Posted on: 17 Jul, 2019

साउन १, कञ्चनपुर |   कञ्चनपुरमा उपभोक्ता समितिका अध्यक्ष  मृत फेल परेका छन्  | जिल्लाको  भीमदत्त नगरपालिका—७ का वसन्तबहादुर सिंहको चुरे जङ्गलमा शव फेला परेको हो | उनी भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको एक योजनाका उपभोक्ता समितिका अध्यक्ष थिए |  

महाकाली जनसेवा माध्यमिक विद्यालयमा रङ्ग रोगन गरेकोले सोहि कामको रकम भुक्तानी लिन गत शुक्रवार नगरपालिका कार्यालय गएका उनी बेपत्ता भएका थिए | 

उनले प्रयोग गरेको मोबाइल लोकेशनका आधारमा खोजी गर्दा वेपत्ता भएको ५ दिन पछि रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। संस्कापद  मृत्यु भएको भन्दै अनुसन्धान हुनुपर्ने माग उनका परिवारले गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!