सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन

Posted on: 18 Jul, 2019

साउन २, उदयपुर  | उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड््ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक पुरिएपछि अहिले अर्को नयाँ ट्र्याक खोल्न निकै जटिल बनेका कारण समयमा सो मार्ग खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

पुरानो सडक सबै भत्किएर झरेको र केही भाग पहिरोले  पुरिएपछि अहिले सडक डिभिजन कार्यालय सिरहा लाहानको दुई डोजरले सडकको नयाँ ट्र्याक खोल्न शुरु गरेका कारण सो क्षेत्रमा समयमा सडक खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभएको छ ।

एक हप्ताभन्दा लामो समयदेखि यस क्षेत्रमा सडक अवरुद्ध भएपछि अहिले कटारीदेखि बेतिनी घुर्मीसम्म यातायातका साधन आवतजावत गर्न कठिनाइ हुनपुगेको छ भने ओखलढुङ्गा तथा खोटाङ क्षेत्रसँग समेत यातायातको सम्पर्क टुट्न पुगेको कटारीका यातायात व्यवसायी जीवन मगरले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!