धनगढीमा १६ बर्षिय किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

Posted on: 18 Jul, 2019

साउन २, कैलाली  | कैलालीको धनगढीमा १६ बर्षिय किशोरी माथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्  | 

किशोरीलाई फकाई बिबाह गर्छु भनी जबरजस्ती करणी गरेको र  उनीसंग  भएको नगद तथा जिन्सी समान सहित चोरी गरेको आरोपमा कञ्चनपुरको बेतकोट नगरपालिका ३ का २५ बर्षीय प्रवेश रानालाई पक्राउ गरिएको हो | 

कैलाली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!