मोरङमा बस र पिकअप भ्यान एकापसमा ठक्कर हुदाँ दुईको मृत्यु

Posted on: 18 Jul, 2019

साउन २, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार  मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका–३ का ३१ बर्षीय टिकाराम थापा र बसमा  सवार  नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । 

एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर,मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!