कंचनपुर शुक्लाफाँटाका हावाहुरी पीडितलाई १३ लाख वितरण

Posted on: 18 Jul, 2019

साउन २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हावाहुरीका कारण घरमा पूर्ण र आंशिक क्षति भएका २३८ परिवारलाई राहत स्वरुप रु १३ लाख वितरण गरेको छ ।

गत जेठ २३ गते र २९ गतेको हावाहुरीले घरमा क्षति पु¥याएका परिवारलाई राहत रकम वितरण गरिएको हो । घरमा पूर्ण क्षति भएका २२ परिवारलाई रु १० हजारका दरले रु दुई लाख २० हजार र आंशिक क्षति भएका २१६ परिवारलाई रु पाँच हजारका दरले रु १० लाख ८० हजार राहत रकम वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो । 

“प्राप्त निवेदन र प्रहरी मुचुल्काका आधारमा क्षतिको यकिन गरी वडा कार्यालयलाई आवश्यक बजेट विनियोजन गरी पीडितलाई रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो । वडा नं १ मा आंशिक क्षति भएका १०० तीन परिवारलाई रु पाँच लाख १५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजारका दरले रकम वितरण गरिएको हो । वडा नं २ मा आंशिक क्षति भएका पाँच परिवारलाई रु २५ हजार, वडा नं ३ का आंशिक क्षति भएका १० परिवारलाई रु ५० हजार, पूर्ण क्षति भएका तीन परिवारलाई रु ३० हजार प्रदान गरिएको छ । 

वडा नं ४ का १९ परिवारलाई रु ९५ हजार, पूर्ण क्षति भएका दुई परिवारलाई रु २० हजार, वडा नं ५ का आंशिक क्षति भएका तीन परिवारलाई रु १५ हजार, पूर्ण क्षति भएका तीन परिवारलाई रु ३० हजार रकम वितरण गरिएको छ । 

वडा नं ६ का आंशिक क्षति पुगेका सात परिवारलाई रु ३५ हजार, वडा नं ७ का एक परिवारलाई रु पाँच हजार, पूर्ण क्षति भएका छ परिवारलाई रु ६० हजार तथा वडा नं ८ मा आंशिक क्षति भएका १० परिवारलाई रु ५० हजार, पूर्ण क्षति भएका चार परिवारलाई रु ४० हजार प्रदान गरिएको छ । त्यस्तै वडा नं ९ का आंशिक क्षति भएका सात परिवारलाई रु ३५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजारका दरले रकम वितरण गरिएको छ । 

वडा नं १० का आंशिक क्षति भएका तीन परिवारलाई रु ३५ हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजार, वडा नं ११ का आंशिक क्षति भएका ३६ परिवारलाई रु एक लाख ८० हजार, पूर्ण क्षति भएका एक परिवारलाई रु १० हजार र वडा नं १२ का आंशिक क्षति भएका १२ परिवारलाई रु ६० हजार प्रदान गरिएको छ । 

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्र्तगतको प्रदेश विपद् व्यवस्थापन समितिमार्फत जिल्ला विपद् व्यवस्थापन समितिले नगरपालिकालाई ती पीडितलाई राहत रकम उपलब्ध गराउन रु १० लाख रकम प्रदान गरेको थियो । नगर विपद् व्यवस्थापन समितिको कोषमा रहेको रु तीन लाख गरी रु १३ लाख रकम वितरण गरिएको छ । 

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले कञ्चनपुरका हावाहुरी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई रु ८७ लाख पाँच हजार रकम उपलब्ध गराएको थियो । क्षतिको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो । जिल्ला विपद् व्यवस्थापन कोषबाट मात्रै हावाहुरी पीडित ५०२ जनालाई रु नौ लाख २१ हजार रकम वितरण गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!