बाजुराबाट कालीकोट जादै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु ११ घाइते

Posted on: 19 Jul, 2019

साउन ३, बाजुरा  | बाजुराको  फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना  भएको छ  | दुर्घटनामा  चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  ११ जना घाइते भएका छन्  | 

दुर्घटनामा परी  मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का जिपका चालक २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाही रहेको जिल्ला प्रहरी बाजुराले जनाएको छ | 

प्रहरीका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।

जीप सडकबाट तल खसेको छ । कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुल्न भने सकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!