रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन

Posted on: 25 Jan, 2016

प्रज्वल पौडेल - माघ ११, रामेछाप । नेकपा एमाले रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले कुमारबाबु श्रेष्ठको अध्यक्षतामा १५ सदस्यि गाउँ कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्ष रमेश तामाङ, सचिव केशब कुृमार श्रेष्ठ र उपसचीव पञ्चमाया श्रेष्ठ रहनुभएको छ ।

अधिबेशनको उद्घाटन एमाले रामेछापका अध्यक्ष शान्ती प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले कार्यकर्ताहरुलाई अवको युग आर्थिक विकासको भएको बताउदै आर्थिक उपार्जनका विषयमा काम गर्न जोड गर्नुभयो । उहाँले अहिलेको सरकारले विकासका योजनाहरुलाइ तिब्रता दिने धारणा राख्नुभयो । गाउँ अधिवेशनलाई एमाले संगठन विभाग प्रमुख ज्ञान कुमार श्रेष्ठ, सचिववालय सदस्य युवराज प्राख्रिन,एमाओवादी गाउँ कमिटिका अध्यक्ष भिम बहादुर तामाङले पनि मन्तव्य राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!