भक्तपुरमा छतबाट खसेर मृत्यु

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ  |  भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । 

तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!