मनसुनी रेखा फेरि नेपालमाथि सर्दै, भारी बर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ  |  मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार धेरै नपरेपनि सोमबारबाट भने भारि बर्षाको सम्भावना रहेको जनाएको छ | 

मनसुनि  ट्रफ घरी माथि घरी तल जाने हुदाँ जहाँ यो रहन्छ त्यस ठाउमा बढी पानि पर्ने मौसमविदको भनाइ रहेको छ |  दक्षिणतिर सरेको मनसुनी रेखा  बिस्तारै नेपाल तिर सर्दै आएका कारण सोमबार नेपाल भित्रिने र भोलि केहि स्थानमा  पर्सि देशैभर भारि बर्षा हुने मौसम विद्को अनुमान छ | 

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!