घरायसि हिंसामा परेकी बैतडीकि लक्ष्मी बिष्टलाई उपप्रमुखले दिइन् १० हजार सहयोग

Posted on: 21 Jul, 2019

कृष्ण बिष्ट  | साउन ५, बैतडी | घरायसि हिंसामा परेकी पाटन नगरपालिका ८ कि लक्ष्मी बिष्टलाई पाटन नगर उपप्रमुखले १० हजार आर्थीक सहयोग गर्नुभएको छ । उपप्रमुख सरस्वती कोलीले हिंसामा परेकि  २८ वर्षीय बिष्टलाई ब्याक्तीगत तर्फबाट आज दगत १० हजार रुपैया हस्तान्त्ररण गर्नु भएको हो । 

हिंसामा परेकि महिलाहरुले सिप सिकेर आयआर्जनको बाटोमा लाग्ने अवसर प्रदान गर्नको लागि आफुले आर्थीक सहयोग प्रदान गरेको उपप्रमुख कोलिले बताउनुभयो । यस आर्थीक सहयोगले जिवन निर्बाह गर्न सहज हुने र आफुले सिलाइकटाइको ब्यापार गर्दै आएकोमा आफुलाई ब्यवसायमा पनि थप टेवा पुग्ने हिंशा पिडित बिष्टले बताउनुभयो । 

घारयसी हिन्सामा परेकि लक्ष्मी २०७५ सालमा महिला सुरक्षीत आवास गृह पाटनमा बसेकि थिइन केहि समय पछि अवास गृहले  ६ महिने सिलाई कटाइ सम्बन्धिको तालिमको ब्यावस्था मिलाईएको थियो । सिलाइ कटाइको तालिम लिएपछि डडेल्धुराका तुफानडाडामा सिलाइकटाइको ब्यापार गर्दै आएकी बिष्टलाई उपप्रमुख कोलिले नगद प्रदान गर्नु भएको हो । 

लक्ष्मीका ८ वर्षीय छोरा र ३ वर्षीय छोरा छन । छोरा बुवा सँगै बस्दै आएका छन भने छोरी आफु सँगै बस्दै बएकी छिन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!