सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्दर्भ गीत प्रस्तुत

Posted on: 26 Jan, 2016

माघ ११, प्रज्वल पौडेल, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा चारघरे सेवा समिति र सामूदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको संयुक्त आयोजनामा सूरक्षित बैदेशिक रोजगार सम्वन्धी गन्र्धव गीत प्रस्तुत गरेका छन् । सोमबार देवकोटा चोकमा बैदेशिक रोजगारीलाई कसरी सूरक्षित बनाउने भन्ने बारेमा कलाकार तेजेन्द्र गन्दर्भ र सूनीता गन्दर्भले सचेतनामूलक गीत गाएका हुन् ।

गीत मार्फत विदेश जाँदा पुर्याउनुपर्ने कागजी प्रमाण जाने माध्यम लगायतका विषय प्रस्तुत गरिएको थियो । सो संस्थाले जिल्लाका विभिन्न २२ स्थानमा गन्र्धव गीत मार्फत सचेतना फैलाउन लागीएको बताएको छ । यता सामूदायिक विकास समाज रामेछापले २ दिने क्षमता अभिबद्धि तालीम सोमबार सम्पन्न गरेको छ ।

आफ्नो कार्य क्षेत्र भित्र पर्ने खाडादेवी गाविसमा रहेका आमासमुहका प्रतिनिधीहरुको लागी आयोजना गरेको हो । तालीममा सामूदायिक विकास समाजका कार्यक्रम संयोजक मिलन कुमार घिसिङले परियोजना र आमासमूह संजालले गर्ने कामका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी मझुवा, खाडादेवी र राकाथुमका बालक्लबका प्रतिनिधीहरुसँग छलफल समेत गरिएको थियो । समाजले बालबालीकाको क्षेत्रमा आगामी दिनमा गर्ने कामको बारेमा जानकारी दिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!