कैलालीमा हसिया प्रहार गरि आफ्नै बुबाको हत्या, आमाको अबस्था गम्भीर

Posted on: 22 Jul, 2019

साउन ६, कैलाली  | कैलालीमा छोराले हसिया प्रहार गरि बुबाको हत्या गरेका छन् | हसिया प्रहारबाट आमा भने गम्भीर घाइते भएकी छन् | घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको हो |

यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएको  प्रहरीले जानकारी दिए |  हत्या गर्ने रावतलाई भने गयराती नै नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ  |  प्रहरीका अनुसार उनले घरायसी विवादका कारण आमाबुवामाथि धारिलो हतियार प्रहार गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!