वामीमा आगामी पौष १० र ११ गते नेबिसंघको २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुने

Posted on: 13 Dec, 2015

मंसिर २७, वामी गुल्मी । रुद्राबति बहुमुखी क्याम्पस वामीमा रहेको नेपाल बिद्यार्थी संघको ईकाई समितिले आगामी पौष १० र ११ गते बिशेष प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गर्न लागीएको ईकाई समिति संयोजक तथा जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ । प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, सचिब निर्मला पन्थी लगायत जिल्ला समितिबाट पनि बिशेष सहयोगको आशा गर्दे प्रशिक्षकहरुको ब्यबस्थापन गर्न आग्रह गरिएको बताईएको छ ।

प्रशिक्षकको रुपमा जिल्ला देखी केन्द्र सम्मका बिद्यार्थी नेताहरुको उपस्थिती रहने बताईएको छ । प्रशिक्षण कार्यक्रम के कसरी गर्ने भन्ने बिषयमा छलफल गर्न आजै क्याम्पसमा एक बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम समेत समप्न्न गरिएको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब आचार्यले उद्धेश्य, महत्व लगायतको बिषयमा जानकारी गराउनुभएको थियो भने बिद्यार्थीहरुले पनि प्रशिक्षणमा सक्रिय रुपमा सहभागीता जनाउने बताएको क्याम्पसका ईकाई सभापति चन्दा कार्कीको भनाई छ । यस किसिमको प्रशिक्षणले नेपाल बिद्यार्थी संघको क्षेत्रमा वामीलाई केन्द्र सम्म चिनाउन पनि निकै ठुलो भुमिका हुने आयोजकले बताएको छ ।

-अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!