साझासबालकर्मि प्रेम सुनार सम्मानित

Posted on: 22 Dec, 2015

पुस ७, गुल्मी । साझासबाल मिडियाद्धारा सञ्चालित साझासबाल डटकम गुल्मी सम्बाददाता प्रेम सुनार सम्मानित हुनुभएको छ । सुनार विदेशमा रहेको एक संस्थाद्धारा सम्मानित हुनुभएको हो ।गुल्मी सेवा समाज कतारले आज नेपाल पत्रकार महासंघ गुल्मीमा एक समारोहका बीच सम्मान पत्र र दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेको हो ।

सुनारले साझासबाल डटकममा लगायत रेडियो स्काईबाट प्रशारण हुँदै आएको चर्चित रेडियो कार्यक्रम ओझेलका खबर मार्फत गुल्मी जिल्लाका विपतमा परेका ब्यक्ति परिवारलाई सहयोग जुटाउन र विदेशमा रहेका नेपालीहरुसँग समन्वयमा सहयोग पु¥याएको भन्दै समाजले सम्मान गरेको हो ।

सुनारलाई समाजका केन्द्रीय उपाध्यक्ष बुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्बर तीनका संयोजक नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु राजु पाण्डे, राम प्रसाद रेग्मी, अविरल अजित लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रमलाई समाजका केन्द्रिय अध्यक्ष शिव खड्कबकाले फोन मार्फत सम्बोधन गर्दै पत्रकार सुनारले गुल्मी जिल्लामा रहेर पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, सचिव तारा भुसाल, कोषाध्यक्ष अनिल खत्री लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । यसैबीच पत्रकार सुनारलाई चेक रिपब्लिकमा रहेका रायमाझी परिवारले पनि सम्मान गरेका छन् । गुल्मीको वामी ८ का बैकुण्ठ रायमाझी र मुसिकोट कालिरह घर भइ चेक रिपब्लिकमा कार्यरत जितेन्द्र रायमाझीले सम्पूर्ण रायमाझी परिवारको तर्फबाट २५ हजार नगद सहित सम्मान गरेका हुन् ।.

यस बिषयमा तपाइको प्रतिक्रिया...!