गुल्मी सेवा समाज कतारद्धारा आर्थिक सहयोग

Posted on: 22 Dec, 2015

प्रेम सुनार/ पुस ७, गुल्मी । गुल्मी सेवा समाज कतारको संस्थाले गुल्मीका विभिन्न रोगको उपचार गर्न नसकी जिवन मरणको दोसाँधमा रहेका विरामीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मलेन गरी गुल्मीका एक जना मृगौला पिडित र २ जना क्यान्सर पिडित सहित ३ जना आर्थिक अभावका कारण उपचार पाउन नसकेका विरामीहरुलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

समाजद्धारा जनही २५ हजारका दरले आर्थिक सहयोग पाउनेहरुमा गुल्मीको वलेटक्सार ६ की मृगौला रोग पिडित १८ वर्षिया मनिषा ज्ञवाली, हस्तीचौर ६ लल्दीटारका क्यानसर पिडित मंगल नेपाली, तुराङ्ग ३ का क्यान्सर मनोज राजाली रहेका छन् । उक्त रकम गुल्मी सेवा समाज कतारका केन्द्रिय उपाध्यक्ष वुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक अर्खवाङ्गका नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु बडागाउँ ५ पेगाका राजु पाण्डे , अमरपुर ३ का रामप्रसाद रेग्मी, रेसुङ्गा नगरपालिका अर्खलेका अविरल अजितले पिडित परिवारलाई नेपाल पत्रकार महासंघमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरेका थिए । कतारबाट आई पुग्नु भएका समाजका केन्द्रिय अध्यक्ष शिव खड्काले आफु काठमाण्डौं सम्म आई पुगेको तर पिडितहरुले बेलैमा उपचार गर्न सकुन भन्ने उद्देश्यका लिएर साथीहरु मार्फत उक्त सहयोग गरिएको बताउनुभयो । उहाँले कतारमा रहेर आ–आफ्ना परिवारको गास काटेर पनि गुल्मेलीहरु संगठित भई विपतमा परेका गाउँवासीलाई थोरै भए पनि राहत प्रदान गर्न सक्रिय हुँदै आएको बताउनुभयो । गुल्मी सेवा सेमाज कतारले गत वैशाख १२ गतेको भुकुम्पबाट घरवार विहिन भएका जिल्लाका ३२ घरधुरी र यहाँका विद्यालयलाई समेत जस्तापाता लगायतको राहत प्रदान गरेको थियो । समाजले विगतमा पनि उपचार खर्चको अभावमा जिवन मरणको दोसाँधमा पुगेका थुप्रै गुल्मी जिल्लावासीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!