तिनाउ नदीमा बाढीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

Posted on: 23 Jul, 2019

साउन ७, बुटवल | तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । सोमबारदेखि परेको अविरल वर्षाका कारण नदीमा बाढी बढ्दै गएको हो | 

नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेकोले  सतर्कता अपनाउन आग्रह गरेको छ | 

आज  बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!