अछाममा नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

Posted on: 23 Jul, 2019

साउन ७, अछाम  |  कर्णाली नदीमा नुहाउने क्रममा एक जना बगेर वेपत्ता भएका छन्। सोमबार अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १३ वर्षीय अमित विष्ट नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार छिमेकीको मलामी गएका उनी नुहाउनका लागि कर्णाली नदिमा गएका थिए। उनको खोजी कार्य भइरहेको प्रहरीले जनानएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!