गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डे

Posted on: 05 Jan, 2016

प्रेम सुनार/ पुस, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गा पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । आईतवार सम्पन्न २४ औं साधरण सभा तथा अधिवेशनले अध्यक्ष, सचिव , कोषाध्यक्ष , सहकोषाध्यक्ष र दुई जना महिलाहरुलाई सर्वसम्मत चयन गरे पनि अन्य पदका लागि मतदान प्रकृयामा जानु परेको थियो । durga pandey - gulmi नयाँ कार्य समितिको उपाध्यक्षमा श्रीप्रसाद भलामी, रामप्रसाद पन्थी र ईस्वरी पौड्याल निर्वाचित भएका छन् । उनिहरु संग प्रतिस्पर्धा गरेका राजकुमार कक्षपति र श्यामप्रसाद पाण्डे भने पराजित भएका छन् । त्यसै गरी महासचिवमा तारप्रसाद भुसाल निर्वाचित भएका छन् । उनि संग प्रतिस्पर्धा गरेका निवर्तमान महासचिव कृष्णप्रसाद पोखरेल पराजित भएका छन् । सचिवममा विरेन्द्र भुसाल, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा, सहकोषाध्यक्षमा ईस्वरी वेलवासे र सदस्यहरुमा शिला श्रेष्ठ र निर्मला केसी सर्वसम्मत भएका हुन् । निर्वाचित सदस्यहरुमा रामप्रसाद पन्थी, फर्शुराम पाण्डे, मृगेन्द्र श्रेष्ठ, गणेश पाण्डे, रामु सुनार, मनिराम अर्याल , ज्ञानहरी सापकोटा र चेतनारायण पाण्डे रहेका छन् । २५ सदस्यीय कार्य समितिमा बाँकी सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव तारप्रसाद भुसालले बताए । तस्वीर नव निर्वाचित अध्यक्ष दुर्गा पाण्डे

यस बिषयमा तपाइको प्रतिक्रिया...!