अमेरिकामा भएको सौन्दर्य प्रतियोगितामा बैतडीकि मिराकल चन्दले जितिन दुई वटा उपाधी

Posted on: 23 Jul, 2019

साउन ७, बैतडी  | अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी मिराकल चन्दले दुई वटा उपाधी जितेकी छिन्।

उक्त सौन्दर्य प्रतियोगितामा चन्दले सेकन्ड रनरअप र उत्कृष्ट सुन्दरी पुरस्कार प्राप्त गर्न सफल भएकी हुन्। सुरुवातदेखि नै धेरै भोट पाईरहेकी चन्दले अन्तिम समयमा अन्य २ जना प्रतियोगिा भन्दा कम भोट प्राप्त गरेकी थिइन् |   

उनका बुबा कर्ण चन्दले भोटिङ गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन् | नतिजा आएपछि उनले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद दिएका | कर्ण चन्द कराते खेलाडीको साथै प्रशिक्षक पनि हुन् भने उनले फिलिपिन्सकी महिलासंग २००३ मा बिहे गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!