ठोसे साक्षर गाविस घोषणा ।

Posted on: 26 Jan, 2016
माघ ११, प्रज्वल पौडेल, रामेछाप । उत्तरी रामेछापको दुर्गम ठोसे गाविस साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९६.४८ प्रतिशत नागरिक साक्षर भएको आधारमा ठोसेलाई साक्षर गाविस घोषणा गरिएको हो । सोमबार एक कार्यक्रमका बीच विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेलले ठोसेलाई साक्षर भएको घोषणा गर्नुभयो । कार्यक्रममा स्रोत व्यक्ति भीमबहादुर थापा, शारदा उच्चमाविका प्राचार्य भगवान् कार्की, ठोसे बजार नेवा पुचः का अध्यक्ष शिव श्रेष्ठ, राजनीतिक दल, वडा नागरिक मञ्च, आमा समूह, आमा समूह सञ्जाल, स्थानीय विद्यालय, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधी र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा साक्षर हुन बाँकी ८६ जनालाई शारदा उच्चमाविले प्राक्टिकल कक्षा सञ्चालन गरी यसै शैक्षिक सत्रभित्र ठोसेलाई शत्प्रतिशत साक्षर गाविस बनाउने तयारी गरिएको शारदा उमाविका प्राचार्य भगवान् कार्कीले बताउनुभयो । निरक्षर ८६ जनाका लागि शिव श्रेष्ठले आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!