वामीमा ५० शैयाको हस्पिटल निर्माणको लागी आबश्यक काम अगाडी बढ्यो

Posted on: 11 Jan, 2016

पुस २७, वामी (गुल्मी) ।  शालीमे ईन्भेस्टमेन्ट कम्पनी प्रालिको बृहत भेला तथा कार्यबिभाजन कार्य सम्पन्न भएको छ । भेलाले संस्थाको लागी कार्य बिभाजन गर्ने, दैनिक कार्य सञ्चालनको लागी कार्यालय स्थापना गर्ने, कारोबार सञ्चालनको लागी बैङ्कमा खाता सञ्चालन गर्ने, स्थाई लेखा नम्बर पान दर्ता गर्ने लगायतका बिषयमा छलफलको गरेको छ । छलफलको क्रममा कम्पनीका सञ्चालक सुदर्शन शाक्यलाई अध्यक्षको जिम्मेवारी दिने, त्यस्तै गरी मोहनलाल श्रेष्ठलाई उपाध्यक्ष, अग्निधर लोहनीलाई सचिब, महेश जिसीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गेको छ । त्यसैगरी कृष्णहरी सापकोटा,गोपिकृष्ण खरेल र भुवन केसीलाई सदस्यको जिम्मेवारी दिईएको छ । बैठकले संस्थाको कार्यालय सञ्चालनको सचिब लोहनीको घरमा कोठा बहालमा लिने, कारोबार सञ्चालनको लागी ग्लोबल आईएमई बैङ्कमा खाता सञ्चालन गर्ने निर्णयहरु गरेको छ । त्यसैगरी संस्था सञ्चालनमम बिशेष सहयोग गर्ने उद्योग बाणिज्य संघ वामी शाखा प्रति पनि धन्यबाद ब्यक्त गरेको छ । कार्यक्रम कम्पनीका सञ्चालक सुर्दशन शाक्यको अध्यक्षता तथा उद्योग बाणिज्य संघ वामी शाखाका सचिब महेश्वर घिमीरेको सञ्चालनमा सम्पन्न भएको थियो । कम्पनीको मुख्य काम भनेको वामीमा प्रस्ताबित ५० शैयाको अस्पताल सञ्चालनको कामलाई अगाडी बढाउनु रहेको छ । कम्पनीले ५० शैयाको लुम्बिनी वामी हस्पिटल प्रालि वामीमा सञ्चालन गर्नको लागी प्रक्रिया अगाडी बढाई सकेको छ । भने एक बर्ष भित्रमा हस्पिटल निर्माणको कामलाई अगाडी बढाइने योजना रहेको छ । हस्पिटल निर्माणको लागी वामी ३ परुवामा ७ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ भने १३ रोपनी जग्गा खरिद गरीएको छ । हस्पिटलको लागी वामी ३ परुवामा दल बहादुर शाक्य र घनश्याम सापकोटाले निशुल्क जग्गा प्रदान गर्नुभएकोछ । हस्पिटलको निर्माण पश्चात केही समस्याग्रस्त बिरामी भएमा पाल्पा तथा बुटवल सम्म जानु पर्ने बाध्यता हट्ने छ । पाल्पामा रहेको लुम्बिनी हस्पिटल संगको समन्वयमा शाखाको रुपमा हस्पिटल वामीमा निर्माण हुन लागेको हो ।

-अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!