वामी तथा वडागाँउ गाबिसको तोलादी जोड्नको लागी जोड्ने पुल निर्माण हुने

Posted on: 11 Jan, 2016

अनिश शर्मा गैरे/ पुस २७, वामी (गुल्मी) ।  वामी गाबिस तथा बडागाँउ गाबिस जोड्नको लागी आकाशे पुल निर्माण हुने भएको छ । क्रियाशिल राजनितिक दल, समाजसेबी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको उपस्थिीमा आकाशे पुल निर्माणको लागी आज ईन्जिनिएर सहित सर्भेक्षण गरिएको छ । वामी ३ परुवाबाट बडागाँउ गाबिसको वडा नम्बर ९ तोलादी जोड्नको लागी गत आर्थिक बर्षको ईलाका परिषदल योजना छनौट गरेको थियो । बडागाँउ तथा वामी गाबिसमा आवातजावत गर्नको लागी नकै लामो बाटो हिड्नुपर्ने बाध्यतालाई चिर्दै यस्तो पुल बन्न लागेको हो । वामी परुवामा बन्न लागेको ५० शैयाको अस्पतालको नजिकैबाट यस्तो पुल बन्ने भएपछि स्थानीयहरुमा झन उत्साह थपिएको छ । वामी बजार सम्म नै पुल निर्माण गरेमा अझै प्रभाबकारी हुने भनिएपनि त्यस्तो हुन नसकेको हो । पुल निर्माण भएपछि किनमेल गर्न आवातजावत गर्ने स्थानीय, बिद्यार्थी लगायतलाई निकै सहज हुने छ । पुल निर्माणको लागी जग्गाधनीहरु संग पनि छलफल पनि भईसकेको स्थानीय बुद्धिजिवि अग्निधर लोहनीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!