वामी गाबिसमा सिँचाइको सुबिधा हुने

Posted on: 17 Jan, 2016

माघ २, वामी (गुल्मी) ।  वामी गाबिसलाई सिँचाईयुक्त बनाउने एक परियोजना कार्यान्वयनमा आउने भएको छ । दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाद्धारा वामी गाबिस सिँचाई युक्त हुने भएको हो । वामीको उच्च स्थान वडा नम्बर ४ भलेकामा पानी जम्मा गरी त्यस क्षेत्र भन्दा मुनी पर्ने वडा नम्बर १, २, ३, ६ र ९ को करिब ३ हजार रोपनी जग्गालाई बाह्रै महिना सिँचाई पुर्याउने उद्धेश्यका साथ परियोजनाको काम शुरु हुन लागेको हो । नेपाल सरकार सिँचाई मन्त्रालयद्धारा आबश्यक कार्य पुरा गर्नको लागी तोक आदेश भइसकेको हुनाले सरकारको तर्फबाट पनि आबश्यक सहयोग हुने परियोजनाका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । परियोजना सम्पन्न गर्नको लागी प्रति रोपनी २५ रुपैया संकलन कार्य अगाडी बढिरहेको छ । ने योजना सम्पन्न गर्न करिब ५ करोड लागत लाग्ने समितिले अनुमान गरेको र ईन्जिनियर सहितको टोलीले सर्भे गर्ने कार्य भने बाँकी रहेको परियोजनाका सचिब खगेश्वर सापकोटाले जानकारी दिनुभयो । यस सिँचाईले वामी गाबिसलाई कृषि मय बनाउन निकै ठुलो पुग्नेछ । स्थानीयहरुका अनुसार परियोजना कार्यान्वयनमा आउने भनिएपछि उनीहरुलाई निकै खुशी बनाएकोृ छ । परियोजनाले गाबिसमा कृषिका कार्यक्रमहरु थपिदै जाने र गाबिस ब्यबस्थित तथा हरियाली बन्ने समेत बिश्वास गरिएको छ । अबको निकट समयमै परियोजनाको सर्भे हुने र काम शरु हुने बताईएको छ ।

- अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!