पोखरामा क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका जापान र कोरियाका नागरिकहरु प्रहरीको फन्दामा

Posted on: 24 Jul, 2019

साउन ८, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले धर्म प्रचार प्रसार गर्दै हिड्ने बिदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना बिदेशी नागरिकहरु छन् । 

साउन ६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिडिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले बाईबल तथा क्रिश्चियन धर्मसंग सम्बन्धित पर्चा पम्प्लेटहरु समेत बरामद भएको छ । 

कास्की प्रहरीको अनुसार पक्राउ पर्नेमा २ जना जापान र १ जना कोरियाका नागरिक रहेका छन् । जसमा जापानको पासपोर्ट नं. TK5153241 भएका ३७ बर्षीय जिरो सेकिया, जापानकै अर्का ३७ बर्षीय व्यक्ति पासपोर्ट नं. TK5153242 भएका रेइको सेकिया र कोरियाका ७३ बर्षीय जेष्ठ नागरिक पासपोर्ट नं. M37436205 भएका चो योसाङ रहेका छन्  । 

प्रहरीले जापानका दुई नागरिकलाई पोखरा -७ रत्नचोकबाट नियन्त्रणमा लिएको जनाएको छ भने कोरियन नागरिकलाई पोखरा -६ बाराहिचोकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ परेका बिदेशी नागरिकहरुलाई कानुनी कारवाही अगाडी बढाईएको कास्की प्रहरीले जानकारी गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!