रुद्रबेणी वामी सडकको स्तरोन्नतीका लागी वामीको एक टोलीले राज्यलाई झकझकाउँदै

Posted on: 29 Jan, 2016

अनिश शमौ गैरे बाट/ माघ १५, वामी गुल्मी । बर्षाे देखी बाटो बिग्रिएर यात्रुहरुलाई निकै सास्ती पुगेको भन्दै रुद्रबेणी वामी टक्सार, दरमखोला मोटरबाटाको स्तरोन्नतीको लागी वामीको एक समुहले राज्यलाई झकझकाएको छ । नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको वामीको नेकपा एमालेको एक डेलिगेसन टोलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेल लगायतका मन्त्रीहरुलाई भेट गरेको छ । डेलिगेसनका प्रकाश काफ्लेले दिएको जानकारी अनुसार उक्त मोटरबाटाको स्तरोन्नतीको लागी आबश्यक सम्पुर्ण कामहरुको लागी सरकारबाट निर्देशन भईसकेको जानकारी दिनुभयो । छलफल कार्यक्रम पश्चात अर्थमन्त्रि पौडेलले सडकलाई आगामी आर्थिक बर्ष सम्म स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र आबश्यक अन्य कुराहरुमा पनि कुनै कमी हुन नदिने समेत उहाँले जानकारी दिनुभयो । गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ। बर्षाको समयमा बाटो हिलाम्य हुँदा गाडी तथा यात्रुहरुले निकै सास्ती पाउँने गरेका छन भने हिउँदको समयमा पनि बढि धुलो हुनाले उस्तै समस्या हुने गरेको छ । यदि मोटरबाटो स्तरोन्नती हुँने हो भने निकै जनताहरुले सुखको स्वास फेर्न सक्नेछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!