नेपाली काङ्ग्रेस वामीको सभापतिमा सुदर्शन शाक्य सर्बसहमतीबाट चयन

Posted on: 30 Jan, 2016

माघ १६, वामी (गुल्मी) । नेपाली काङ्ग्रेसको महाधिबेशनका बिषयमा गाँउ, नगर, जिल्ला तथा केन्द्र स्तरमा नेतृत्व कस्को हुने होला भन्ने बिषयमा ठुलै बहस हुने गरेका छन । हिजो बाट गाबिस, वडा नगर लगायतका क्षेत्रहरुमा अधिबेशन पनि शुरु भएका छन । गुल्मी लगायत छिमेकी जिल्ला बाग्लुङ, लगायतका जिल्लाहरुका गाबिसहरुमा पनि अधिबेशन शुरु भईसकेको छ । यसैबिच आज वामी गाबिसमा पनि नेपाली काङ्ग्रेसको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । जस्को सभापतिमा सुदर्शन शाक्य सर्बसम्महतीबाट सभापतिमा चयन हुनुभएको छ भने उपसभापतिमा भीमसेन केसी रहनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, सचिबमा खगेश्वर सापकोटा तथा सहसचिबमा सिजन शाक्य चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शितलादेशी बस्नेत, नर बहादुर छन्त्याल, टेक बहादुर सार्की, गोबिन्द सापकोटा, बेग प्रसाद शाक्य, द्रोर्ण बहादुर सापकोटा अर्जुन, तेयानाथ खराल रहनुभएको छ । त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा योगेन्द्र कुमारी श्रेष्ठ, कल्पना घिमिरे, सुमित्रा भण्डारी, बिष्णु कुमारी सापकोटा, दिनेश खाती, लोक बहादुर राना, डिलाराम खरेल, भिमलाल सापकोटा, फन बहादुर रायमाझी, तिर्थमणी काफ्ले र तेजेन्द्र जिसी रहनुभएको छ । सभापति लगायतका पदहरुमा ठुलै प्रतिस्पर्धा हुने जस्तो हल्ला देखिएपनि सर्बसम्महतीबाट नया नेतृत्व चयन भएका हो ।

यस्तै बाग्लुङ्को ग्वालीचौरमा पनि नेपाली काङ्ग्रेसको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सभपातिमा सर्बसहमतीमा अर्जुने प्रसाद खरेल चयन गरेको छ भने सचिबमा राजन प्रसाद आचार्य, कोषाध्यक्षतामा गँगा घिमिरे चयन हुनुभएको छ । उपसभापति र सहसचिबमा पछि प्रतिनिधि मनोनयन गरिने बताईएको छ । त्यस्तैगरी क्षेत्रिय प्रतिनिधिमा जिवलाल खरेल, सागर खरेल, हरिदत्त आचार्य, बिष्णु प्रसाद आचार्य कृष्ण बहादृुर घिमिरे, रुमकला आचार्य खरेल, सरस्वती आचार्य खरेल, सुमित्रा आचार्य खरेल, मित्रलाल आचार्य, प्र्मलाल बिक, र नरेन्द्र प्रताप सिँह बुढाथोकी चयन हुनुभएको त्याहाबाट सहयोगी प्रदिप खरेलले जानकारी दिनुभयो ।

-अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!