आज दुबई, कतार, मलेसिया लगाएतका सबै विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 25 Jul, 2019

साउन ९, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकेको छ । बुधबार खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा थियो ।आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा तोकिएको छ । बुधबार यसको खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८६ पैसा थियो । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो । यस्तै यूएई दिर्हाम १ को २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । हिजो यसको खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।

बहराइन दिनार १ को २९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९३ रुपैयाँ ५५ पैसा छ । बुधबार यसको खरिददर २९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४० पैसा थियो । 

कोरियन वन १ सयको ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ । बुधबार यसको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।

यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा तोकिएको छ । बुधबार यसको खरिददर ३६१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३८ पैसा थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!