रामेछापमा आगलागी हुदाँ ४ घर जलेर नष्ट

Posted on: 25 Jul, 2019

साउन ९, रामेछाप |  रामेछापको साँघुटारमा बिहीबार बिहान आगलागी भएको  छ | आगलागीमा ४ घर जलेर नष्ट भएका छन् | स्थानीयको प्रयासमा बिहान ११ बजे ३ घण्टापछि आगो नियन्त्रणमा आएको छ |

 स्थानीयका अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । त्यसैगरी, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर पनि आगलागीमा परि जलेको छ ।

गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो | विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!