मोरङमा बाढीपीडितलाई ५१ हजार राहत प्रदान

Posted on: 25 Jul, 2019

साउन ९, मोरङ  | मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ । 

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार नगद दिने घोषणा गर्नुभयो । 

पीडित परिवारलाई केही राहत  पुगोस् भनेर रकम सहयोग गरेको उहाँले बताउनुभयो । लोहन्द्रा खोलाको बाढीले गत असार २८ गते सोमा सोरेन बगाएर बेपत्ता भएका थिए । उनी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!