आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट

Posted on: 25 Jul, 2019

साउन ९, काठमाडौँ  | योगाभ्यासबाट  कुनैपनि व्यक्ति आफ्नो मन तथा शरीर शुद्ध गर्नाका साथै मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य हुन सक्नेमा जोड दिइएको छ । सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

योग स्कूल उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अहिले पनि आफूले भ्याएसम्म योगाभ्यासलाई निरन्तरता दिँदै आएको र  योगाभ्यासले आत्मविश्वास पैदा गर्नाका साथै मन र शरीरलाई नियन्त्रण गर्ने भएकाले सरकारले योगविज्ञानलाई प्राथमिकतामा राखेको छ भन्नुभयो ।  उहाँले विद्यालय तहका पाठ्यक्रममा योग विषयलाई समावेश गर्न शिक्षा मन्त्रालयले काम थालेको जानकारी दिनुभयो । 

नेपाल मेडिसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले आफू चिकित्सा विज्ञानका क्षेत्रमा लागे पनि योगको महत्व र असाधारण फाइदा देखेर यसतर्फ लागेको बताउनुभयो ।ललितपुरको थसिखेलमा रहेको सो स्कूलमा योगगुरु शिव बस्याल ‘प्रेमानन्द’र गुरु एकराजले नियमित रुपमा योगाभ्यास गराउनुहुनेछ । स्कूलमा विभिन्न प्रकारका योगाभ्यास गराइने योगगुरु प्रेमानन्दले जानकारी दिनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!