काठमाडौँको कपुरधारामा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु, दुुई जना घाइते

Posted on: 25 Jul, 2019

साउन ९, काठमाडौँ । काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुुई जना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा तीन जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुुग्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखाका २३ वर्षीय मनोजकुमार खड्काको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार रहेका अन्य दुुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!