सेतीनदीले बगाउँदा एक जना बेपत्ता

Posted on: 25 Jul, 2019

साउन ९, तनहुँ । सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिए पनि अहिलेसम्म फेला पर्न सकिएको छैन ।

उहाँले भन्नुभयो, “वर्षायाम भएकाले नदीको बहाव पनि उत्तिकै बढेकाले खोजतलासको लागि कठिनाइ भएको छ ।”  

यस बिषयमा तपाइको प्रतिक्रिया...!