श्रद्धाञ्जली सभा सम्पन्न

Posted on: 27 Mar, 2016

अनिश शर्मा गैरे/ चैत्र १४, वामी गुल्मी ।  रुद्राबति बहुमुखी क्याम्पसले पनि आफ्ना सञ्चालक समितिका मानार्थ सदस्य, क्याम्पसका चन्दादाता तथा सभासद डिलाराम खरेलका पुजनिय पिता देउपती खरेलको निधन भएको प्रति दुख ब्यक्त गर्दे उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जिसीको अध्यक्षता रहेको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख रामु तिवारीको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै गरी क्याम्पसका उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष गजाधर सापकोटा, सदस्यहरु मोहनलाल श्रेष्ठ, नारायण सापकोटा, समाजसेबी अग्निधर लोहनी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, क्याम्पसका प्राद्यापक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि क्याम्पसका निमित्त प्रमुख रामु तिवारीले उहाँको निधनले आफु तथा क्याम्पस परिबारलाई ठुलो क्षति पुगेको भन्दै दिबगँत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो । त्यसैगरी अतिथिहरु भुवन केसी, श्रोत ब्यक्ति देबिराम शर्मा, अग्निधर लोहनी, गजाधर सापकोटा, बिद्यार्थीहरु किशोर कार्की र चन्दा कार्कीले मन्तब्य ब्यक्त गर्दे शोकाकुल परिबार प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्राद्यापक दुर्गा सापकोटाले गर्नुभएको थियो समापन अध्यक्ष महेश जिसीले गर्नुभएको थियो । वडा समिति गठन गरियो ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!