वडा कार्य समितिको गठन कार्य अगाडी

Posted on: 27 Mar, 2016
अनिश शर्मा गैरे/ चैत्र १४ , वामी गुल्मी । नेपाली काङ्ग्रेस मुसीकोट गाँउ कार्य समितिले आफ्नो गाबिसमा वडा कार्य समितिको गठन कार्यलाई अगाडी बढाएको छ । आजै समितिले गाबिसका दुई वडामा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ८ मा गरिएको नया कार्य समिति गठन कार्यक्रममा क्रियाशिल सदस्य तारा प्रसाद भट्टराईको सभापतित्व रहेका थियो भने जिल्ला सदस्य कौरब खत्रीको पुख आतिथ्यता रहेका थियो । कार्यक्तममा इलाका नम्बर ९ का सह सचिब बिष्णु प्रसाद आचार्य, गाबिस सभापति अर्जुन सिँह ठकुरी लगायतको उपस्थिती रहको थियो । कार्यक्रमे भोजराज भट्टराइको सभापत्तिवमा २५ सदस्यीय समितिको गठन गरेको छ । जसको उपसभापसितमा जमुना आचार्य, टानीराम आचार्य, देब बहादुर सिँह, सचिबमा बाबुराम घिमिरे, गिता खत्री, सहसचिबमा कविता खत्री, बिष्णु बहादुर खत्री, कोषाध्यक्षमा पदम बहादुर खत्री, सहकोषाध्यक्षमा हिरा बहादुर खत्री लगायत अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रमको सञ्चालन नेका मुसीकोटका सचिब श्रीराम पोखरेलले गर्नुभएको थियो । त्यसैगरी वडा नम्बर ५ मा पनि वडा कार्य समिितको गठन गरिएइको छ । जस्को सभापतिमा कमल सिँह ठकुरी तथा उपसभापतिमा शोभा हमाल रहनुृभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!