अज्ञात समूहले नवलपरासीमा जलाए जिल्ला अदालतको गाडी

Posted on: 26 Jul, 2019

साउन १०, नवलपरासी  | पूर्वीनवलपरासीको कावासोतीमा नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ | 

जिल्ला प्रहरी कार्यालय, नवलपुरले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जनाएको छ |  प्रहरीका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो ।

राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!