आगामी २४ घण्टाको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ  | मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |  

महाशाखाका अनुसार शुक्रबार देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ | दिउँसो देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने अनुमान गरिएको छ |  देशको पहाडि तथा तराई भेगका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि देशका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र र पहाडि भु-भागमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!