नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला सम्पन्न

Posted on: 27 Mar, 2016

अनिश शर्मा गैरे/ चैत्र १४,  वामी गुल्मी । नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला रेसुङ्गा नगरपालीका वडा नम्बर १५ दुबिचौर मा सम्पन्न भएको छ । क्षेत्रिय सभापति अशोक कुमार थापाको सभापतित्व रहेको कार्यक्रममा नेका गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सचिब खिलध्वज पन्थीको बिशिष्ट आतिथ्यता रहेको थियो । भने दस्य थम्मन केसी र प्रकाश सलामीको आतिथ्यता रहेको थियो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, बिशिेष्ट अतिथि जिल्ला सचिब खिलध्वज पन्थी, जिल्ला समिति सदस्य थम्मन केसी र प्रकाश सलामी, महासमिति सदस्य धना भण्डारी, महाधिबेशन प्रतिनिधि श्रीप्रसाद भलामी, नगर सभापति छबि पाण्डेय, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, तरुण दलको जिल्ला सदस्य भरत भलामीले मन्तब्य ब्यक्त गर्नुभएको थिया । कार्यक्रमले तामलाल पोडेल संयोजकतत्वमा ९ सदस्यीय नया कार्य समितिको गठन गरेको छ । जस्को सचिबमा बाबुराम मरासीनी तथा कोषाध्यक्षमा इश्वरी बेलबासे लगायत अन्य सदस्यहरु रहनुभएको छ । क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति हरि प्रसाद अर्यालको स्वागत रहेको कार्यक्रममा क्षेत्रीय सचिब पुर्ण केसीले कार्यक्रम माथी प्रकाश पार्नुभएका थियो भने सञ्चालन क्षेत्रीय सचिब धाता भण्डारीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!