बझाङमा सेति नदिमा हामफालेर गरिन् किशोरीले आत्महत्या

Posted on: 26 Jul, 2019

साउन १०, बझाङ | बझाङमा सेती नदीमा हाम फाल्दा एक किशोरीको मृत्यु भएको छ | जिल्लाको छविस पाथीभरा गाँउपालीका २ वस्ने वुद्घीराम बि.क की छोरी आरती वि.क ले सेती नदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । 

आरती बि .क जयपृथ्वी नगरपालीका वडा न ११ भोपुरमा आफ्नी फुपुको घरमा वस्दै आएकी  थिइन् |  शुक्रबार दिउसो तिर सेतीनदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको  छ ।

प्रहरीका अनुसार उनको आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको र उनको पोष्टमार्टमा का लागी शव जिल्ला अस्पताल सिमखेतमा राखीएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!