वामी श्रोत केन्द्रमा कपि परिक्षण सम्पन्न

Posted on: 27 Mar, 2016

अनिश शर्मा गैरे/ वामी गुल्मी ।। वामी श्रोत केन्द्रमा केही दिन अघि सम्पन्न भएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको उत्तरपुस्तिका परिक्षण सम्पन्न भएको छ । चैत्र १ बाट शुरु भएको परिक्षा १० गते सम्पन्न भएको थियो । श्रोत केन्द्र भित्र पर्ने ४ गाबिस भित्र ६ केन्द्रमा सम्पन्न भएको परिक्षामा ४ सय ६ बिद्यार्थी सहभागी भएका थिए । सम्पुर्ण परिक्षार्थीको उत्तरपुस्तिका परिक्षण आज सम्पन्न भएको श्रोत ब्यक्ति देबीराम शर्माले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!