निर्मला पन्तको सम्झनामा माइतीघर मण्डलामा दिप प्रज्वलन (फोटो फिचर)

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ | निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भातृ संस्था ने वि संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आज माइतिघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

कञ्चनपुरकी स्थानीय वासिन्दा बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । सोहि कारण आज १ वर्ष पुगेको अवसर पारेर दीप प्रज्वलन गरिएको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए । 

कार्यक्रम ने वि संघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो । कार्यक्रममा महिलासंघकी महासचिव धना खतिवडा विद्यार्थी नेताहरु राम प्र. अधिकारी , बलदेव तिमल्सिना , सुशील भट्ट लगायत नेता कार्यकर्ता तथा विद्यार्थीहरु सहभागी रहेको विद्यार्थी नेता ईश्वर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो ।

निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!