भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु, एक जना घाइते

Posted on: 27 Jul, 2019

साउन ११ भक्तपुर । सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते बालकलाई उपचारका लागि डा इवामुरा अस्पताल सल्लाघारी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–५ हाँडीगाउ बस्ने १९ वर्षीय दिपेन श्रेष्ठ र मोटरसाइकल प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको पछाडि सवार सङ्खुवासभा खाँदबारी घर भई  हाल काठमाडाँै कालोपुल बस्ने घाइते २० वर्षीय एनी गुरुङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!