घरको छतबाट चिप्लीएर बैतडीमा एक युवक गम्भीर घाइते

Posted on: 28 Jul, 2019

कृष्ण बिष्ट | साउन १२, बैतडी | आफ्नै घरको छतबाट चिप्लीएर लड्दा बैतडीमा एक जाना युवक गम्भीर घाइते भएका छन ।

डिलाशैनि गाउपालिका वडा नं २ सेलाका लोकेन्द्र घरडीका १८ वर्षीय छोरा भोजराज घरडी आफ्नै घरको छतबाट चिप्लीएर लड्दा गम्भीर घाइते भएका हुन । आज दिउसो साडे १२ बजे छतबाट लडेपछि भोजराजको टाउकोमा र शरीरमा चोट लागेकोले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

गम्भीर घाइतेको  गाकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!